सोसल मिडिया प्लाटफर्म फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटाका कर्मचारीको औसत वार्षिक तलब ३ लाख ७९ हजार डलर अर्थात् करिब ५ करोड रुपैयाँ रहेको खुलासा भएको छ।
मेटा कम्पनीले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) मा पेस गरेको विवरणमा मेटाका कर्मचारीहरुको गत वर्ष सन् २०२३ को वार्षिक औसत आम्दानी ३ लाख ७९ हजार डलर रहेको छ।
मेटाले पेस गरेको विवरणमा देखिएको कर्मचारीहरुको औसत तलब कम्पनीमा कार्यरत आम प्राविधिक जनशक्तिको वास्तविक आम्दानीभन्दा उल्लेख्य रुपमा धेरै देखिन्छ ।
मेटामा कार्यरत प्राविधिक जनशक्तिको वार्षिक तलबभत्ता ३५ हजार देखि १ लाख २० हजार डलरसम्म रहेको छ ।
तथापि ठूला प्रविधि कम्पनीहरुको दुनियाँमा मेटा कम्पनीका कर्मचारीरुको औसत तलबको अंक आश्चर्यजनक छैन ।
गुगल तथा अमेजन जस्ता ठूला कम्पनीहरुमा पनि ३ लाख डलरभन्दा धेरै तलबभत्ता खाने कर्मचारीहरु प्रसस्तै छन् ।