03 Jestha 2081

BROADCAST NEPAL

गुगलको मातृ संस्था अल्फाबेट बन्यो २ ट्रिलियन डलरको कम्पनी

गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य पहिलोपटक २ ट्रिलियन डलर पुगेको छ ।

कम्पनीको इतिहासमा पहिलोपटक शेयरधनीलाई लाभांश दिने घोषणा गरेसँगै कम्पनीको शेयर मूल्यमा १२ प्रतिशतभन्दा धेरैले उछाल आउँदा अल्फाबेटको बजार पुँजीकरणले इतिहासमै पहिलोपटक २ ट्रिलियन डलरको कोशेढुंगा पार गर्दै विश्वको चौथो मूल्यवान कम्पनी बनेको हो ।

हाल विश्वमा २ ट्रिलियन डलरभन्दा धेरै बजार पुँजीकरण भएका कम्पनीहरु अल्फाबेटसहित जम्मा ४ वटा मात्रै छन् ।

सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टको बजार पुँजीकरण तीन ट्रिलियन डलरभन्दा धेरै छ भने एप्पलको २.६ ट्रिलियन डलर छ। त्यस्तै तेस्रो स्थानको एनभिडियाको २.१९ ट्रिलियन डलर हुँदा अल्फाबेटको २.११ ट्रिलियन डलर रहेको छ ।

पाँचौं स्थानको साउदी अराम्कोको १.९४ ट्रिलियन डलर तथा छैटौं स्थानको अमेजनको १.८७ ट्रिलियन डलर रहेको छ ।

अल्फाबेट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश दिने तथा ७० अर्ब डलर बराबरको शेयर बाइब्याक गर्ने स्किमको घोषणा गरेसँगै शेयर मूल्यमा बढोत्तरी भएको हो ।

यो वर्ष सन् २०२४ को पहिलो त्रैमासिकमा अल्फाबेटको कूल आम्दानी ८० अर्ब ५० डलर रहेको छ । जुन गतवर्षको भन्दा १५ प्रतिशत धेरै हो । त्यस्तै त्रैमासिक मुनाफामा पनि ५७ प्रतिशतले वृद्धि भएर २३ अर्ब ७० करोड डलर पुगेको छ ।

अल्फाबेटले आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर २० सेन्ट त्रैमासिक लाभांस दिने निर्णय गरेको छ, यस अनुसार उसले साढे २ अर्ब डलर लाभांश वितरण गर्नेछ। हरेक त्रैमासिकमा मुनाफाको आधारमा लाभांश घोषणा गर्ने पनि कम्पनीले जनाएको छ ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव