03 Jestha 2081

BROADCAST NEPAL

इराकी टिकटक स्टार सवादीको गोली हानी हत्या

काठमाडौं । इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् ।

यो घटना बगदादको पूर्वमा पर्ने जायुना क्षेत्रमा भएको थियो र यसलाई सीसीटीभी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सेयर गरिएको सीएनएनले जनाएको छ ।

भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सवादीको घटनास्थलमै हत्या गरेको देखिन्छ । बगदाद प्रहरी स्रोतले भिडियोको प्रामाणिकता पुष्टि गरेको छ ।

इराकका आन्तरिक मामिलामन्त्रीले ‘अज्ञात आक्रमणकारीले सामाजिक सञ्जालमा परिचित महिलाको हत्याको अवस्था पत्ता लगाउन विशेष कार्य टोली गठन गरिरहेको’ घोषणा गरेका छन् ।

सवादी टिकटकमा निकै लोकप्रिय थिइन् । उनी फिटिङ पहिरन लगाएर पप संगीतमा नाचेको भिडियो सेयर गर्थिन् । विगतमा यी भिडियोलाई इराकको न्यायपालिकाले अनुचित मानेको थियो ।

अश्लील र अभद्र भाषाको प्रयोग गरेको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लंघन गर्ने धेरै फिल्म र भिडियो निर्माण गरेको भन्दै सवादीमाथि ६ महिनाको जेल सजाय सुनाइएको थियो । अन्य इराकी सामाजिक सञ्जालका स्टारलाई पनि आक्रमणका घटना भएका थिए ।

हालै नूर बीएम भनेर चिनिने अर्का लोकप्रिय इराकी टिकटक स्टार नूर अलसफरलाई सेप्टेम्बर २०२३ मा बगदादमा गोली हानी हत्या गरिएको थियो ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव