03 Jestha 2081

BROADCAST NEPAL

२७५ करोड भारुमा नेटफ्लिक्सले किन्यो ‘पुष्पा २’ को ओटीटी राइट

काठमाडौं । अल्लु अर्जुन स्टारर आगामी फिल्म ‘पुष्पा २ : द रुल’को हाइप यतिबेला विश्वव्यापी छ । फिल्मले रिलिजअघि नै १२ सय करोड भारु कमाएको खबर बाहिर आएको थियो ।

यतिबेला यो फिल्मलाई लिएर नयाँ खबर छ, अभिनेता अल्लु अर्जुनले पारिश्रमिकमा ३० प्रतिशत वृद्धि गरेका छन् । यसअघि उनले १०० करोड भारु लिने गर्थे । अहिले उनको पारिश्रमिकमा वृद्धि भएको छ । अहिले पारिश्रमिक बढाएर १५० करोड भारु पुर्‍याएको बताइएको छ ।

१५ अगस्ट २०२४ मा रिलिज हुन लागेको ‘पुष्पा २’ को प्रि-रिलिज कलेक्सनको बारेमा केही जानकारी बाहिर आएको छ । यो फिल्मको हिन्दी डब संस्करणका लागि वितरण राइट २०० करोड भारुमा बिक्री भएको समाचार गत साता आएको थियो ।

नयाँ खबरअनुसार निर्माताले दक्षिण भारतमा २७० करोड भारुमा वितरण राइट बिक्री गरेका छन् । अर्थात् रिलिज हुनुअघि नै कुल ५७० करोड भारुको सम्झौता भइसकेको छ ।

यसबाहेक, फिल्मको स्ट्रिमिङ राइट २७५ करोड भारुमा बिक्री भएको जनाइएको छ । ओटीटी प्लाटफर्म नेटफ्लिक्सले फिल्मको ओटीटी राइट खरिद गरेको जनाइएको छ ।

यससँगै अडियो र स्याटलाइट राइट्सको डिलको बारेमा पनि जानकारी दिइएको छ र निर्माताले ४५० करोड रुपैयाँ भारु कमाएको बताइएको छ । यसरी प्रि-रिलिजको समयमा नै फिल्मले १ हजार २९५ करोड कमाइ गरेको छ ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव