03 Jestha 2081

BROADCAST NEPAL

नयाँ फिल्म ‘किङ’मा डनको रोलमा देखिँदै शाहरुख, छोरी सुहानाको हुनेछ डेब्यु

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आगामी फिल्म ‘किङ’मा छोरी सुहानासँग देखिँदैछन् । यो एक्सन-थ्रीलर फिल्ममा बाउछोरीले पहिलोपटक स्क्रिन सेयर गर्न लागेको पिंकभिल्लाले जनाएको छ । यो फिल्मलाई सुजोए घोषले निर्देशन गर्नेछन् भने सिद्धार्थ आनन्दसँग मिलेर गौरी खानले निर्माण गर्दैछिन् । यो फिल्ममा शाहरुखलाई पुरै एक्सन-प्याक्ड भूमिकामा देख्न सकिनेछ । यो फिल्ममा शाहरुखको भूमिकालाई लिएर मंगलबार नयाँ खबर आएको छ । यो फिल्ममा उनले डनको भूमिका निर्वाह गर्नेछन् । चरित्र पनि ‘ग्रे सेड’को हुने समाचारमा जनाइएको छ ।

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आगामी फिल्म ‘किङ’मा छोरी सुहानासँग देखिँदैछन् । यो एक्सन-थ्रीलर फिल्ममा बाउछोरीले पहिलोपटक स्क्रिन सेयर गर्न लागेको पिंकभिल्लाले जनाएको छ ।

यो फिल्मलाई सुजोए घोषले निर्देशन गर्नेछन् भने सिद्धार्थ आनन्दसँग मिलेर गौरी खानले निर्माण गर्दैछिन् । यो फिल्ममा शाहरुखलाई पुरै एक्सन-प्याक्ड भूमिकामा देख्न सकिनेछ ।

यो फिल्ममा शाहरुखको भूमिकालाई लिएर मंगलबार नयाँ खबर आएको छ । यो फिल्ममा उनले डनको भूमिका निर्वाह गर्नेछन् । चरित्र पनि ‘ग्रे सेड’को हुने समाचारमा जनाइएको छ ।

‘शाहरुख खान दर्शकका लागि फिल्म बनाइरहेका छन् र उनीहरु आफूलाई ग्रे सेडमा हेर्न चाहन्छन् भन्ने कुरा शाहरुखलाई थाहा छ । यो उनको महत्वाकाङ्क्षी प्रोजेक्ट हो । हुनसक्छ यही कारण उनी सुजोए घोष र सिद्धार्थ आनन्दसँग सावधानीपूर्वक काम गरिरहेका छन्’ स्रोतले भन्यो ।

यो फिल्ममा शाहरुख लामो कपाल र दाह्रीको साथ देखिनेछन् । यसवर्षको सेप्टेम्बरमा फिल्मको छायांकन सुरु हुँदासम्म शाहरुखले प्रशंसकलाई नयाँ लुकसहित सरप्राइज दिनसक्छन् ।

‘क्यारेक्टर डिजाइन गरिसकिएको छ र सिद्धार्थ आनन्दले एक्सन कोरियोग्राफीका लागि अन्तर्राष्ट्रिय स्टन्ट कोरियोग्राफरसँग काम गरिरहेका छन्’ स्रोतले थप्यो, ‘सुजोएले अर्कोतिर संवादको खाका तयार पार्दैछन् । शाहरुख स्वयमले भने सुहानासँग नयाँ शैलीको एक्सनजस्ता रचनात्मक पक्षमा काम गरिरहेका छन् ।’

यो फिल्म ‘किङ’लाई द्रुत-गतिको एक्सन थ्रीलर फिल्म बताइएको छ जसले गुरु र शिष्यको यात्रालाई वर्णन गर्दछ । सबै बाधाविरुद्ध उनीहरु संघर्ष गर्छन् । यो फिल्मबाट शाहरुखकी छोरी सुहानाले डेब्यु गर्दैछिन् । यो फिल्ममा उनले राजाकी शिष्यको भूमिका निर्वाह गर्दैछिन् ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव