03 Jestha 2081

BROADCAST NEPAL

६२५ नेपाली कामदार अलपत्र छन । कतारमा

कतार । कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेका छन्। कम्पनीले ५ महिनासम्मको तलब नदिएपछि आफूहरू अलपत्र परेको उनीहरूको भनाइ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टले उक्त कम्पनीमा काम गर्ने करिब १ हजार ५०० कामदारमध्ये ६२५ जना नेपाली भएको जानकारी दिए । उनीहरूले पाँचदेखि तीन महिनासम्मको तलब नपाएको भट्टको भनाइ छ । 

‘बस्न त कम्पनीमै बसेका छन् । तर, तलब नपाएको कारणले खानामा समस्या भएपछि हामीले (एनआरएनए कतार) सुरुमा व्यक्तिगतरुपमा र पछि कतारको श्रम विभाग र रेडक्रससँग समन्वय गरी खाद्यान्नको व्यवस्था गरेका छौँ’, उनले भने। 

श्रमिकहरूले आफूहरूले पाउनुपर्ने बक्यौता रकम लिएर नेपाल फर्किने व्यवस्था मिलाउन माग गरेका छन् । यदि नियमित तलब दिने ज्ञारेन्टी हुन्छ भने काम गर्न पनि तयारै रहेको उनीहरूको भनाइ छ । विभिन्न मेनपावर कम्पनीमार्फत उक्त कम्पनीमा नेपालीहरू काम गर्न पुगेका बताइएको छ । 

कम्पनीले तलब नदिएपनि श्रमिकहरूले गत अप्रिल १४ देखि काम बन्द गरेको बताइएको छ । आफूहरुको बाध्यताबारे उनीहरूले स्थानीय प्रशासनलाई जानकारी गराउँदै काम रोकेका हुन् ।

यसैबीच नेपाल आइपुगेका एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले यस सम्बन्धमा श्रममन्त्री डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले यस समस्या समाधानका लागि सरकारको तर्फबाट पहल थालिसकेको बताएको भट्टको भनाइ छ।

उनीहरूलाई फर्काउने या के गर्ने भन्ने विषयमा छिट्टै निष्कर्षमा पुगिने मन्त्री अर्यालले बताए । श्रमिकहरूलाई समस्यामा पर्न नदिने प्रतिबद्धता जनाउँदै कतारस्थित नेपाली दूतावास र एनआरएनए कतारका साथै कतारी सरकारसँग समन्वय गरेर निष्कर्षमा पुगिने उनको भनाइ थियो । 

सो अवसरमा भट्टले श्रमिकका अन्य विषयमा पनि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । 

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव