03 Jestha 2081

BROADCAST NEPAL

बिहे गर्न इमानदार र सुन्दर जीवनसाथी खोज्दैछिन् नोरा फतेही

नयाँ दिल्ली । बलिउडकी डान्सिङ गर्ल नोरा फतेही यतिबेला बिहे गर्ने सुर कसिरहेकी छिन् । विवाहका लागि आफूले इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको नोराले हालै एक अन्तरवार्तामा भनेकी हुन्

अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवन अनि विवाहप्रतिको धारणाबारे खुलेर कुरा गरेकी थिइन् । आफ्नो जीवनसाथीमा कुन–कुन  गुण हेर्न चाहन्छिन् भनेर सोधिएको प्रश्नमा नोराले कयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरुपमा बदलिएको भएपनि प्रेम र विवाहबारे धारणा पुरानो धारणा रहेको अनि बिहे गरेर घर बसाउन चाहेको बताएकी थिइन् ।

‘म भगवानप्रति विश्वास गर्ने जीवनसाथीको खोजीमा छु,’ उनले भनेकी छिन् । अझ अगाडि नोरा भन्छिन्, ‘मेरो लागि पैसा पछिको कुरा हो । त्यो भन्दा पहिले व्यक्तिको मन राम्रो हुन जरुरी छ । साँच्चै भन्ने हो भने आजको संसारमा स्वार्थी मानिसहरू धेरै छन् । यिनीहरू अरूबाट फाइदा लिन खोज्छन्, फाइदा मिल्दासम्म केही वर्ष सँगै बस्छन् अनि जान्छन्,’ नोराले भनेकी छिन् ।

  • सन्तान जन्माउने इच्छा

नोरा फतेही बिहे गरेर घरजम बसाउन तयार छिन् । नायिका भन्छिन्, ‘चार–पाँच वर्षअघि जीवनसाथीबारे मेरो विचार निकै सतही थिए । अहिले म धेरै फेरिएको छु । एक आदर्श व्यक्तिबारे फरक दृष्टिकोण विकास भएको छ ।’ 

पहिले आफूले गलत चीजहरू खोजिरहेको पनि उनले बताइन् । यतिबेला चाहिँ उनी एउटा इमानदार जीवन साथीको खोजीमा छिन्, जो सुन्दर पनि होस् । नोरा हालै कमेडी फिल्म ‘मडगाउँ एक्सप्रेस’मा देखिएकी थिइन् । यो फिल्ममा उनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव