23 Bhadra 2081

BROADCAST NEPAL

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक

एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डाँडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटक पुर्‍याएको छ ।

यहाँ निर्माण भएको लुम्बिनी केबलकार गत वर्ष १५ जेठदेखि सञ्चालनमा आएको थियो । बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडामा छ ।

सञ्चालनमा आएको एक वर्षको अवधिमा भारतीय र तेस्रो मुलुकका समेत गरी दुई लाख १० हजार पर्यटक केबलकार चढेका कम्पनीका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए । केबलकार चढ्न आउने मध्ये २५ प्रतिशत संख्या भारतीय पर्यटक रहेको घिमिरेले बताए ।

एक वर्षमा मूल्य अभिवृद्धि कर र स्थानीय कर समेत गरी १३ करोड ५० लाख रुपैयाँको टिकट बिक्री भएको कम्पनीले जानकारी गराएको छ ।

केबलकारले २०८० जेठ १५ देखि वैशाख ३१ सम्म बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्कको एक–एक प्रतिशतका दरले ११ लाख २८ हजार रुपैयाँका दरले २२ लाख ५६ हजार रुपैयाँ स्थानीय कर वापत तिरेको छ ।

२.६ किलोमिटर दूरीको केबलकारको माथिल्लो स्टेशन समुन्द्री सतहबाट करिब १२ सय मिटर उचाइमा रहेको छ । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको कलात्मक मन्दिर र सय वर्ष अघिदेखि पूजा हुंदै आएको स्थानीय दुर्गा मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशेष आकर्षण बनेको छ ।

२५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने अपरेसन म्यानेजर डीएन कायस्थले बताए ।

‘सञ्चालनमा आएको एक वर्षमै आन्तरिक र भारतीय पर्यटकको आगमन उत्साहजनक छ’, उनले भने, ‘तर सञ्चालन खर्च धान्न कम्तीमा दैनिक एक हजार पर्यटक चाहिन्छ, अहिले घाटामै चलेपनि भविष्य देखेका छौं ।’

भारतको उत्तर प्रदेश लगायतका प्रान्तबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पुर्वाधारको बजारिकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर कायस्थले बताए ।

केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीप लाइन, स्काई साइक्लिङ, जियान्ट स्वीङ, किड्स जोन, लभ पोडियम, सेल्फी विङ, हरेक महिनाको १ गते सांझ सन्न्या आरती पर्यटकका लागि आकर्षण बनेका छन् ।

दुई वर्षभित्र १५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।
केबलकारमा करिब १०० जनाले रोजगारी पाएका छन् ।

केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको छ । यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताए ।

गर्मी मौसममा तराईमा भन्दा बसन्तपुरमा झण्डै १० डिग्री सेल्सियस कम तापक्रम हुँदा शीतल हुने र हिउँदमा तराईमा हुस्सु र जाडो हुँदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर घुम्न जाने रोजाइको थलो बनेको छ ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव