06 Jestha 2081

BROADCAST NEPAL

युद्धविराम र बन्धक रिहाइका लागि इजरेल र हमासबीच काएरोमा वार्ता

दशौँ हजार इजरेलीहरूले युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै शनिवार राती र्‍याली आयोजना गरेका छन्।

तेल अभिभमा प्रदर्शनमा उत्रिएकाहरूले “युद्ध होइन जीवन पवित्र हो” भन्दै नारा लगाएका थिए।

कतिपयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि युद्ध लम्ब्याउन चाहेको आरोप समेत लगाए।

बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी काएरोमा इजरेल र हमासबीच शान्ति वार्ता सुरु भएको छ।

शनिवार सुरु भएको वार्तामा उल्लेख्य नयाँ प्रगति नभएको तर आइतबार नयाँ चरणको वार्ता जारी रहने एक जना हमासका अधिकारीले बताएका छन्।

यसअघि हमासका अर्का एकजना अधिकारीले गाजामा दिगो युद्ध अन्त्य गर्ने बाहेकका कुनै पनि प्रस्तावलाई आफूहरूले स्वीकार नगर्ने बताएका थिए।

-अमेरिकी विश्वविद्यालयद्वारा प्यालेस्टीनी मामिलामा आन्दोलनरत विद्यार्थीहरू निलम्बन
-इजरेली सेनाका गुप्तचर प्रमुखले किन दिए राजीनामा

तर पछिल्लो वार्ता सम्बन्ध प्रस्ताव प्राप्त भएपछि आफूहरूको वार्ता टोली सकारात्मक भावका साथ काएरो प्रस्थान गरेको हमासले बताएको थियो।

“हामी प्यालेस्टाइनको माग पुरा हुने सहमति मात्रै गर्ने कुरामा प्रतिबद्ध छौँ,” हमासले भनेको छ।

अर्कोतर्फ, इजरेल सरकारले सहमति भए वा नभए पनि रफाह सहरमा आक्रमण गर्ने आफ्नो योजनालाई अघि बढाउने बताएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त लडाकू समूहले युद्धविरामका लागि धेरै सोच्न नपर्ने बताएका छन्।

इजिप्ट र कतारको मध्यस्थतामा पुन सुरु भएको वार्ताका लागि हमासको वार्ता टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो।

अहिलेको वार्ता केही समयका लागि इजरेलको आक्रमण रोक्ने र हमासले बन्धक बनाएकाहरूलाई मुक्त गर्नेमा केन्द्रित देखिएको छ। तर युद्धविराम अस्थायी वा दिगो बनाउने विषय पेचिलो देखिएको छ।

हमासले युद्ध अन्त्यका लागि दिगो सहमतिको प्रतिबद्धता खोजे पनि इजरेल त्यसका लागि सहमत भएको छैन।

वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव