06 Jestha 2081

BROADCAST NEPAL

बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु

शनिबार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन्। त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।

बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् । बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् ।

हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ । बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरुमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव