06 Jestha 2081

BROADCAST NEPAL

अमेरिकाले प्रतिबन्ध लगाउन खोजेपछि टिकटकले भन्योः हामी कानुनी ल‍डाइँ लड्छौं

टिकटकले अमेरिकी सरकारले लगाउन खोजेको सम्भावित प्रतिबन्धविरूद्ध कानुनी लडाइँ लड्ने बताएको छ।

अमेरिकी सिनेटले मंगलबार टिकटक रोक लगाउने सम्बन्धी विधेयक पास गरेपछि टिकटकका सिइओ झोउ शौजीले त्यसविरूद्ध कानुनी लडाइँमा जाने तयारी भइरहेको बताएका हुन्। उनले प्रयोगकर्ताहरूलाई नहतासिन पनि भनेका छन्।

‘हामी कहीँ जाँदैनौं, सरकारले ल्याएको विधेयकविरूद्ध अदालत जानेछौं र यसमा हामी विश्वस्त पनि छौं,’ सिइओ शौजीले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै फागुन अन्तिममा अमेरिकी तल्लो सदनले विधेयक पास गरेको थियो।

उक्त विधेयकमा टिकटक अमेरिकालाई नबेचे प्रतिबन्ध लगाइने भनिएको थियो।

मंगलबार माथिल्लो सदनले पास गरी बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले प्रमाणीकरण समेत गरिसकेका छन्।

राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेसँगै विधेयक कार्यान्वयनको प्रक्रियामा गएको छ।

यथास्थितिमा टिकटक बिक्री गर्नका लागि हाल टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सलाई ९ महिनाको समय उपलब्ध हुनेछ।

त्यस समयभित्र टिकटक बेच्ने प्रक्रिया सुरू भए थप तीन महिनाको समय उपलब्ध हुने विधेयकमा उल्लेख रहेको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

यसअर्थ अमेरिकामा टिकटक तत्काल बन्द हुने भने होइन। तर त्यस अवधिमा प्लेस्टोर र एप्पल स्टोरमा भने टिकटक एप नदेखिने बताइएको छ।

मोबाइलमा डाउनलोड भएका टिकटक भने चलिरहने तर त्यसमा कम्पनीले अपडेट फिचर पठाउन नसक्ने समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ।

अमेरिकामा १७० मिलियन टिकटक प्रयोगकर्ता छन्।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव