08 Jestha 2081

BROADCAST NEPAL

हिरोका मोटरसाइकल अब नेपालमै उत्पादन हुने

काठमाडौं । दुई पाङ्‍ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्ट स्थापना गरेको छ ।

नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा नेपालको मध्यभागमा एसेम्बली प्लान्ट स्थापना गरिएको कम्पनीले जनाएको छ । योसँगै हिरो कम्पनीका मोटरसाइकल अब नेपालमै उत्पादन हुनेछ ।

यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण भएको कम्पनीले जनाएको छ । अत्याधुनिक एसेम्बली युनिटले विश्वस्तरीय उत्पादन अब नेपालमा नै बनाइने र देशभरिका ग्राहकका लागि सजिलै उपलब्ध हुने सुनिश्चित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले विश्वस्तरीय उत्पादन र सेवासँग बजार जोड्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।

यो साझेदार सीजी मोटर्ससँगै नेपालमा नयाँ फोकसले नेपालप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने र यो कम्पनीका लागि नै निकै महत्त्वपूर्ण बजार भएको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यो सहकार्य सीजी मोटर्सका लागि विशेष क्षण भएको बताए ।

‘एसेम्बली सुविधाको उद्घाटन गर्न र नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता सञ्चालन विस्तार गर्न धेरै लाभदायक हुनेछ । अब देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं,’ उनले भने ।

नयाँ एसेम्बली उद्घाटनसँगै आफ्ना उत्पादनहरू द्रुत गतिमा देशभर उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले ग्राहकका आवश्यकता निर्वाध रूपमा सम्बोधन हुने विज्ञप्तिमा उल्लेख छ ।

सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागसीप शोरुम खोलिसकेको छ। साथै आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू सञ्चालनमा आउने कम्पनीको भनाइ छ । हिरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको कम्पनी हो ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव