12 Shrawan 2081

BROADCAST NEPAL

सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय

लक्ष्मण सुवेदी निर्देशित सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले दिएका छन् ।

बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् ।

फिल्मले यसअघि विशेष प्रदर्शनको क्रममा उत्साहजनक समीक्षा प्राप्त गरिसकेको छ । फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा सुवेदीकै पटकथा र संवाद छ ।

बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन छ । लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले ग्रामीण चलचित्र महोत्सवमा फिल्म, पटकथा र अभिनेतृ विधामा जित हासिल गरेको थियो ।

सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा निर्देशन र फिल्म विधामा उत्कृष्ट बनेको थियो । फिल्मलाई काठमाडौंमा उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव