12 Shrawan 2081

BROADCAST NEPAL

सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक समीकरण परिवर्तन गरेर मुलुक र जनतामा आशाका किरण फर्कन लागेका बेला सुदूरपश्चिमकाे मुख्यमन्त्री चयनका सवालमा नेकपा एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताएका हुन् ।

‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिन सक्ने भनेर अराजनीतिक निर्णय लियो’, अध्यक्ष ओलीको भनाइ छ । उनले एकीकृत समाजवादीको उक्त निर्णय सही नभएको पनि बताए । ‘जसले गर्दा सही दिशामा राजनीति फर्कँदै थियो त्यसबेला निराशा पैदा हुने गरी कदम चाल्यो ।’ 

उनले एकीकृत समाजवादीले यसअघि पनि आन्तरिक रूपमा त्यसखाले प्रवृत्ति देखिइनै रहे पनि हिजोबाट बाहिर नै प्रकट भएको बताए । ‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो’, उनले भने, ‘तर यसले केही फरक पार्नेवाला छैन ।’

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव