08 Jestha 2081

BROADCAST NEPAL

प्याकेटबन्द खानेकुरामा ‘आईएसओ’ लेखिएको छ भने के बुझिन्छ ?

हामीले कुनै सामान किन्दा ‘आईएसओ’ मान्यता प्राप्त भनेर खोलमा लेखेको देख्छौं । अनि विज्ञापनमा पनि यस्तै देखिरहेका हुन्छौं । खासमा ‘आईएसओ’ भनेको के हो त ? भन्ने जिज्ञासा धेरैमा हुनसक्छ ।

‘आईएसओ’ अन्तर्राष्ट्रिय मानकीकरण संगठन हो, जसले गुणस्तरका मापदण्डहरू बनाउँछ । यस संस्थाले व्यवसायीहरुले गरेका उत्पादन र सेवाहरूको गुणस्तर, सुरक्षा र दक्षता जाँच गर्छ र तिनीहरूलाई प्रमाणपत्र (गुणस्तर मानक) जारी गर्छ ।

विभिन्न प्याकेटबन्द खानेकुरा तथा विभिन्न वस्तुमा ‘आईएसओ’ लेखिएको हुन्छ । कुनै पनि वस्तु तथा खाद्यपदार्थमा ‘आईएसओ’ अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण लेखिएको छ भने त्यसको अर्थ अन्तर्राष्ट्रिय मापदण्डअनुसार निश्चित मात्रामा गुणस्तर कायम राखेको भन्ने हो ।

आईएसओ प्रमाणित भन्नाले कुनै संस्थाले आफ्नो व्यापार प्रक्रियाको विकास, मर्मत र निरन्तर सुधार गरेको हो । संस्थाको व्यापार प्रदर्शन तथा गुणस्तर मापन गरेर उपयुक्त गुणस्तर मापदण्डहरूसँग तुलना गरेर पूरा गरिन्छ । संस्थाले गुणस्तर मापदण्डहरू ग्राहकको अपेक्षा पूरा गर्न र ग्राहक सन्तुष्टि प्रदान गर्नमा केन्द्रित गरेको छ भन्ने कुरा जनाउँछ ।

आईएसओ प्रमाणीकरण किन जरुरी छ ?

आईएसओ प्रमाणीकरणले वस्तु तथा खाद्यपदार्थलाई थप विश्वसनीय र भरपर्दो बनाउँछ । यो प्रमाणीकरणले व्यवसायको विश्वसनीयता बढाउँछ, जसले गर्दा ग्राहकहरूले उत्पादनमा विश्वास गर्न सक्छन् । प्रमाणपत्र जारी गर्नुअघि समान व्यवसायहरूको लेखा परीक्षण गर्ने अनुभव भएको स्वतन्त्र निकायद्वारा गरिएको गुणस्तर जाँचले व्यवसाय सुधार गर्न मद्दत गर्छ ।

आईएसओले विभिन्न देशबीच साझा मापदण्डहरू जारी गरेर विश्व व्यापारलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । साथै वैदेशिक व्यापारमा संगठनको विश्वसनीयता बलियो बनाउन महत्त्वपूर्ण भूमिका हुन्छ ।

आईएसओ प्रमाणीकरण नभएको भए के हुन्छ ?

आईएसओ प्रमाणीकरण अनिवार्य मानक होइन, अन्तर्राष्ट्रिय मानक हो । ठूला कम्पनीहरूले आईएसओ मानक पछ्याएका हुन्छन् । साना कम्पनीले आईएसओ मान्यता प्राप्त गरेका हुँदैनन्, तर यसको मतलब तिनीहरूको गुणस्तर नराम्रो छ भन्ने होइन ।

साना कम्पनीको हकमा उद्योग भनेर दर्ता गरेको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र (डीएफटीक्यूसी) नम्बर प्राप्त गरेका हुन्छन् । अनुज्ञापत्र लिएर उत्पादन गरेका छन् भने विभागका निरीक्षकहरुले हरेक वर्ष त्यहाँ उत्पादन भएको वस्तु तथा खाद्यपदार्थको गुणस्तर कस्तो छ भनेर जाँच गरेका हुन्छन् ।

अहिलेको समयमा गुणस्तर घटाउन सजिलो छैन । किनभने बजार उच्च प्रतिस्पर्धामा चलेको छ । उपभोक्ताको जागरूकता पनि बढेकै छ । त्यसैले आईएसओमा दर्ता नहुँदैमा वस्तुको गुणस्तर राम्रो छैन कि भनेर उपभोक्ता डराउनु पर्दैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएको छ भने पनि एउटा लेबलको गुणस्तर कायम राखेको हुन्छ भनेर बुझ्न सकिन्छ ।

उदाहरणका लागि कुनै व्यक्ति एमबीबीएस गरेपछि डाक्टर हुन्छ । तर उसले आफ्नो स्तर र विशेषज्ञता बढाउन एमडी, डीएम गर्छ । त्यस्तै गुणस्तर कायम राखेको छ भन्ने कुरा त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र ‘डीएफटीक्यूसी’ नम्बरबाट नै थाहा हुन्छ । तर अन्तर्राष्ट्रिय गुणस्तर कायम राखेको छ भन्ने कुरा भने ‘आईएसओ’बाट थाहा हुन्छ ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव