12 Shrawan 2081

BROADCAST NEPAL

दशरथ रंगशालामा नेपाल र युएईबीचको खेल हुनेमा शंका

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल पनि दशरथ रंगशालामा हुनेमा आशंका देखिएको छ ।

समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ । तर एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको हालको अवस्थालाई लिएर केही विषयमा जिज्ञासा राखेपछि नेपालले घरेलु मैदानमा खेल्नेमा शंका उब्जिएको हो ।

एएफसीका प्रतिनिधि केही दिनअघि काठमाडौं आएर दशरथ रंगशालामा निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले मैदानको बारेमा प्रश्न उठाएको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

‘एएफसीका प्रतिनिधिले निरीक्षण गरेपछि मुख्य रुपमा तीन समस्या देखाएको छ । मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थामा जिज्ञासा राखेको छ’, शाहले भने ।

मैदानको अवस्थाकै कारण नेपालले गत चैतमा बहराइनविरुद्ध खेल्नुपर्ने विश्वकप छनोटकै खेल दशरथ रंगशालामा खेल्न पाएन । उक्त खेल नेपालले बहराइनमै गएर खेलेको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मैदानको हेरचाह आफैं गर्ने निर्णय गरेको थियो । त्यसयता दशरथ रंगशालामा कुनै गतिविधि हुन दिइएको छैन र मैदानको अवस्थामा केही सुधार पनि आएको छ ।

तर अहिले एएफसीको निरीक्षणपछि अझै पनि दशरथ रंगशालाको बारेमा प्रश्न उठेको हो ।

एएफसीले मैदानको स्तर अझै खेलाउन लायक नभएको, फ्लड लाइड पनि हुनुपर्ने नपुगेको र विभिन्न खालको सुरक्षाको विषयमा पनि प्रश्न उठाएको एन्फा प्रवक्ता शाहले बताए ।

‘यी विषयमा जिज्ञासा आएकाले हामीले राखेपसँग पनि छलफल गरिरहेका छौं । एएफसीलाई पनि मैदानको बारेमा अपडेट गराइराख्ने छौं । उनीहरु फेरि निरीक्षणमा आउनेछन् । त्यसबेलासम्म मैदान तयार पार्न हामी प्रयास गर्नेछौं’, शाहले भने ।

यदि त्यस बेलासम्म पनि दशरथ रंगशाला एएफसीको मापदण्ड अनुसार नभएमा नेपालले युएईसँगको होम म्याच पनि गुमाउने सम्भावना हुनेछ । समूह बी मा नेपालले अब युएईसँग होम ग्राउण्ड र यमनसँग अवे ग्राउण्डमा खेल्न बाँकी छ ।

यदि नेपालमा युएईसँगको खेल नहुने भएमा एन्फाले यस खेलका लागि पनि न्युट्रल भेन्यू खोज्नुपर्ने हुनसक्छ ।

दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो । तर अन्तर्राष्ट्रिय खेलका लागि एएफसीले नै बारम्बार प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा पनि बढेको छ ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव