12 Shrawan 2081

BROADCAST NEPAL

तमन्ना भाटियाले ईडीसँग मागिन् समय

नयाँ दिल्ली । बलिउड अभिनेत्री तमन्ना भाटियाले प्रवर्तन निदेशालय (ईडी)को समनको जवाफ दिन समय मागेकी छिन् । आफू मुम्बईमा नभएको भन्दै उनले समय मागेकी हुन् । महाराष्ट्र साइबर सेलबाट आएको समनको जवाफ दिन उनलाई केही समय लाग्ने बताइएको छ । यो मामिला अनलाइन गेमिङ र बेटिंग प्लेटफर्मसँग सम्बन्धित फेयरप्ले एपमा आईपीएल २०२३ को प्रसारणसँग सम्बन्धित छ ।

महाराष्ट्र साइबर सेलले तमन्नालाई अप्रिल २९ सम्ममा समनको जवाफ दिन भनेको थियो । सोही मुद्दामा सञ्जय दत्त र र्यापर बादशाहलाई पनि समन पठाइएको थियो । सञ्जय दत्तले पनि जवाफका लागि अधिकारीहरूसँग समय मागेका छन् । महादेव बेटिंग एपमा अहिलेसम्म दर्जनौँ सेलिब्रेटीको नाम मुछिइसकेको छ ।

यसमा रणवीर कपुर, कपिल शर्मा र ज्याकलिन फर्नान्डिजलगायत ठुला सेलिब्रेटीहरू पनि छन् । पछिल्लो समय तमन्ना भाटिया पनि यसमा फस्दै छिन् । मुम्बई साइबर सेलले तमन्नाको बयान रेकर्ड गर्न चाहिरहेको छ । फेयर प्लेका लागि कसले सम्पर्क गरेको र यसका लागि उनले कति पैसा पाइन् भनेर पनि उनीसँग सोधिनेछ ।

यसअघि शनिबार अभिनेता साहिल खान पक्राउ परेका थिए । उनीमाथि महादेव बेटिंग एपको प्रचार गरेको आरोप लागेको छ । प्रहरीले उनलाई मे १ सम्मका लागि हिरासतमा राखेको छ । अभिनयमा खासै छाप छाड्न नसकेपछि खान फिटनेसतिर लागे । उनी अहिले फिटनेस इन्फ्लुसर हुन् ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव