12 Shrawan 2081

BROADCAST NEPAL

जापानमा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ । आर्थिक वर्ष २०२३ मा त्यहाँ रोजगारीको उपलब्धता दर १ दशमलव २९ प्रतिशत रहेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशत कम भएको सरकारले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

महँगी उच्चस्तरमा रहिरहँदा कम्पनीहरूले कर्मचारी भर्ती घटाउँदा रोजगारीको उपलब्धता पनि घटेको हो । मार्चमा भने रोजगारीको उपलब्धता अनुपात फेब्रुअरीको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशतले बढेर १ दशमलव २८ प्रतिशतमा पुगेको छ । यसको अर्थ सो अवधिमा जागिर खोज्ने हरेक सय जनाका लागि १२८ ओटा जागिर उपलब्ध थिए ।

अहिले खाइरहेकै पदमा तलब बढ्छ भन्ने अनुमानमा थोरैले मात्रै नयाँ जागिर खोजेकोले मासिक उपलब्धता अनुपात बढेको बताइएको छ । यो वर्षको शुन्टो तलब वार्तामा अधिकांश ठुला जापानी कम्पनीहरूले कर्मचारीको तलबमा ३३ वर्षयताकै उच्च वृद्धि गरेका थिए ।

सरकारले सार्वजनिक गरेको छुट्टै तथ्याङ्क अनुसार गएको आवमा बेरोजगारी अघिल्लो आवकै २ दशमलव ६ प्रतिशतमा यथावत् रहेको देखाएको छ । मार्चमा सकिएको एक वर्षमा जापानमा करिब १७ लाख ८० हजार बेरोजगार थिए । मार्चमा पनि बेरोजगारी दर अघिल्लो महिनाकै स्तरमा यथावत् रहेको बताइएको छ । 

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव