12 Shrawan 2081

BROADCAST NEPAL

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबारको पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

पुलिस क्लबले आर्मीलाई २५–१९,१७–२५,२५–१५ र २५–१३ ले हराएको हो। पहिलो सेटमा जित निकालेको पुलिस क्लबले दोस्रो सेट भने गुमाउन पुग्यो।

खेलको प्लेयर अफ दि म्याच बनेकी पुलिस क्लबकी लक्ष्मी चन्दले १५ हजार रुपैयाँ प्राप्त गरिन्।

आजै हुने दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिब क्लब र एपीएफ क्लल भिड्नेछन्। सो खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ।

चार टोली सहभागी प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव