12 Shrawan 2081

BROADCAST NEPAL

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

भारतमा जारी संसदीय निर्वाचनका निम्ति मुख्य विपक्षी दल कङ्ग्रेसले आफ्नो घोषणापत्रमा ‘अग्निपथ’ भनिने छोटो समयका लागि हुने सैन्य भर्ती योजना रद्द गरिदिने उल्लेख गरेपछि उक्त योजनाका कारण नेपालमा परिरहेको प्रभावको विषय पुन: चर्चामा आएको छ।

भारत सरकारले दुई वर्षअघिदेखि लागु गरेको सैन्य भर्तीको ‘अग्निपथ’ भनिने नयाँ योजनाअन्तर्गत नेपाल सरकारले नेपाली युवालाई भारतीय सेनामा भर्ना नलिन आग्रह गरेका कारण अहिले उक्त भर्ती ठप्प छ।

त्यसका कारण एकातिर ‘लाहुरे’ बन्ने सपना देखेका कैयौँ नेपाली युवाहरू अन्योलमा देखिन्छन् भने अर्कातिर दुई देशबीचको २०० वर्षदेखिको सैन्य सम्बन्धको विरासत जोखिममा परिरहेको विश्लेषकहरूले औँल्याएका छन्।

‘अग्निपथ’ योजनामा सामेल भएर भर्ती हुने ‘अग्निवीर’हरूमध्ये ७५ प्रतिशतलाई चार वर्षको सेवापछि निश्चित रकम दिएर बहिर्गमन गर्ने अनि २५ प्रतिशतले मात्र निवृत्तिभरण पाउने गरी स्थायी सैन्य सेवामा लाग्न पाउने भनेर भारत सरकारले उसका सबै सैन्य भर्तीका लागि लगाएको नियमबाट नेपाल सरकार असन्तुष्ट बनेको थियो।

तर त्यसले अब भारतीय गोर्खाका रूपमा सैन्य सेवामा उपलब्ध वैदेशिक रोजगारीका अवसरको खोजीमा रहेका नेपाली युवाहरूको योजना प्रभावित भएको देखिन्छ।

Share the Post:

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद

सार्वजनिक गाडी चलाउन पाइने ! उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म

नेपालले वेस्ट इन्डिजमा अभ्यास गर्ने । विश्वकप क्रिकेटअघि

अन्तर्राष्ट्रिय आमन्त्रित उसुमा नेपाललाई २ रजतसहित ६ पदक

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

कोरिया जाने रोस्टरमा रहेकाहरू के भन्छन् ?

अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत ‘जोखिममा’, नेपाली युवा भर्तीको आसमा

काठमाडौँ फेरी विश्वकै सर्वाधिक प्रदूषित सहर, मानव स्वास्थ्यमा गम्भीर प्रभाव